शुक्रबार, वैशाख ७, २०८१

प्रधानमन्त्रीले बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न बोहराको आग्रह

मेरोन्यूज २०७८ वैशाख ५ गते १७:१०

काठमाडौं । नेकपा एमालेका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष अमृतकुमार बोहोराले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सोमबारका लागि बोलाएको महाधिवेशन आयोजक कमिटीको बैठक रोक्न आग्रह गरेका छन् ।

एमालेको नवौं महाधिवेशनबाट अनुशासन आयोगको अध्यक्ष निर्वाचित बोहोराले वक्तव्य जारी गर्दै भोलिको बैठक रोक्न आग्रह गरेका हुन् ।

‘अहिलेको बिग्रिरहेको स्थितिलाई सुधार गर्न विविध उपायहरु खोजिनुपर्नेमा २०७८ वैशाख ८ गते आयोजक कमिटीको बैठक भनेर स्थितिलाई थप असहज बनाउने काम गरिँदैछ । यसलाई तत्काल रोकिनुपर्छ’, वक्तव्यमा उल्लेख छ ।

उत्तेजना, आवेश र अभिमान हावी भएर कुनै पनि निर्णय गर्न नहुने बोहराले उल्लेख गरेका छन् । वक्तव्यमा अदालतको फैसलाअनुसार, २ जेठ २०७५ अगाडिकै एमाले संरचना कायम गर्न पनि उल्लेख गरिएको छ ।

वक्तव्य:-

प्रतिक्रिया