शनिबार, वैशाख ८, २०८१

माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बस्दै

मेरोन्यूज २०७८ वैशाख ५ गते १७:०२

काठमाडौं । नेकपा माओवादी केन्द्रले सोमबारका लागि स्थायी कमिटी बैठक आह्वान गरेको छ ।

पेरिसडाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा सोमबार दिउँसो १ बजे बैठक बोलाइएको हो ।

केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता, पार्टी सांगठानिक संरचना निर्धारणबारे कार्यदलको सुझाव, केन्द्रीय कमिटी बैठक बोलाउने लगायत विषयमा बैठकको छलफल केन्द्रित हुने बताइएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने अबको केही दिनमै काठमाडौँको राजनीति फेरिने प्रतिक्रिया दिएका छन् ।

प्रतिक्रिया