शुक्रबार, वैशाख ७, २०८१

सरकारको बहुमत रहेसम्म हामी निहुँ खोज्दैनौ : सभापति देउवा

मेरोन्यूज २०७८ वैशाख ५ गते १३:५५

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने बताएका छन् ।

आइतबार आफ्नै निवास बुढानीलकण्ठमा श्रीराम श्रेष्ठद्वारा लिखित पुस्तक ‘नेपाली जनजातीय संस्कार र संस्कृति’ विमोचन गर्दै सभापति देउवाले नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता नगरेका कारण सरकार बहुमतकै अवस्थामा रहेकाले बहुमतको सरकारसँग निहुँ नखोज्ने पनि सभापति देउवाले बताए । ‘प्रचण्डजीहरुले समर्थन फिर्ता लिनु भएको छैन ।

देउवाले आफू प्रधानमन्त्री पदका लागि लालायित नभएको तर नेपाली कांग्रेसले नै नेतृत्व गर्नुपर्ने राजनीतिक परिस्थिति बनेमा पछि नहट्ने उनको भनाइ छ । त्यस मानेमा बहुमतकै सरकार छ अहिले । बहुमतको सरकार भएको बेलामा हामीले अरु कुनै कुरा सोच्ने कुरा छैन,’ उनले भने, ‘त्यसकारण हामीले बहुमतकै सरकार मानेका छौं । बहुमतको सरकारमा हामीले निहुँ खोज्ने कुरा छैन । हामीलाई प्रधानमन्त्री चाहियो भनेर मरिमेट्ने कुरा पनि छैन ।’

देउवाले वर्तमान राजनीति तरल अवस्थामा रहेकाले स्थिति यतै जान्छ भनेर भन्न सक्ने अवस्था नरहेको बताए ।

प्रतिक्रिया