बिहीबार, चैत १५, २०८०

आज पनि हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना, सर्तक रहन आग्रह

मेरोन्यूज २०७८ वैशाख ५ गते १२:५५

काठमाडौं । आईतबार पनि हावाहुरीसहित चट्याङ र पानी पर्ने सम्भावना रहेको छ ।

जल तथा मौसम पुर्वानुमान महाशाखाका अनुसार देशका पहाडी तथा हिमाली जिल्लामा आंशिक हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायु र स्थानीय वायुको प्रभावले गर्दा आज पनि हावाहुरी र चट्याङसहितको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यसअघि शुक्रबार चट्याङसहित ठूलो पानी परेको थियो भने शनिबार ठूलो हावाहुरी आएको थियो । आज आईतबार पनि हावाहुरी र चट्याङ पर्न सक्ने सम्भावना रहेकाले महाशाखाले सतर्क रहन आग्रह गरेको छ ।

Advertisement

प्रतिक्रिया