शुक्रबार, वैशाख १४, २०८१

बार्सिलोनाले उचाल्यो कोपा डेल रेको उपाधि

मेरोन्यूज २०७८ वैशाख ५ गते १२:४२

काठमाडौं । बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको छ ।

एथ्लेटिक बिल्बाओमाथि फराकिलो जित निकाल्दै बार्सिलोनाले कोपा डेल रेको उपाधि जितेको हो ।

स्टेडियो डे ला कार्टुजामा सम्पन्न फाइनल खेलमा बिल्बाओलाई ४-० को हराउँदै बार्सिलोनाले उपाधि जितेको हो । बार्सिलोनाको जितमा लियोनल मेस्सीले दोहोरो गोल गर्दा एन्टोनी ग्रिजमन र फ्रेन्की डी जोङले समान १/१ गोल गरेका थिए ।

पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा १२ मिनेटको अवधिमा बार्सिलोनाले ४ गोल गरेको थियो । ६०औं मिनेटमा ग्रिजमन, ६२औं मिनेटमा डी जोङ र ६८ र ७२औं मिनेटमा मेस्सीले गोल गरेका थिए ।

रोनाल्ड कोम्यानको प्रशिक्षणमा बार्सिलोनाले जितेको यो पहिलो उपाधि हो । एथ्लेटिक बिल्बाओको भने कोपा डेल रे को फाइनलमा यो लगातार दोस्रो हार हो ।

प्रतिक्रिया