शनिबार, वैशाख १५, २०८१

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्षमा श्रेष्ठ विजयी

मेरोन्यूज २०७८ वैशाख ५ गते ९:२३

तनहुँ । तनहुँ उद्योग वाणिज्य संघको शनिबार साँझ सम्पन्न १६औँ महाधिवेशनबाट अध्यक्ष पदमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित भएका छन् ।

जिल्लाका सातवटा बजार एकाइका गरी कूल एक हजार ९५० मतदाता रहेकामा श्रेष्ठ ८०६ मत ल्याएर विजयी भएका हुन् । उनका निकट प्रतिद्वन्द्वी वैकुण्ठनाथ मिश्रले ६६५ मत प्राप्त गरे । श्रेष्ठ १४१ बढी मत ल्याएर विजयी भएका हुन् । २३ मत बदर भएको थियो ।

सबैभन्दा बढी मत रहेको दमौलीमा एक हजार ८५, आँबुखैरेनीमा ३४७, डुम्रेमा २६१, थर्पुमा १२१, सत्रसयमा ४७, विमलनगरमा ४१ र बन्दीपुरमा ४८ सदस्य रहेको संघका कार्यकारी सचिव सीता गुरुङले जानकारी दिइन् ।

तनहुँ उद्योग वाणिज्य संघको अध्यक्ष पदबाहेक अन्य सबै पदमा सर्वसम्मत भएको थियो ।

संघको प्रथम उपाध्यक्षमा इमकुमार मल्ल र द्वितीय उपाध्यक्षमा कुमार मल्ल सर्वसम्मत चयन भए । त्यसैगरी कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ, संघको एशोसिएट्समा शिवओम मल्ल र वस्तुगततर्फ कृष्ण सुनार सर्वसम्मत चयन भए । (रासस)

प्रतिक्रिया