शनिबार, वैशाख ८, २०८१

आजको राशिफल: वैशाख ५ गते आइतबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख ५ गते ६:२५

काठमाडौं । आज मिति २०७८ साल वैशाख महिनाको ५ गते आइतबार, चैत्र शुक्लषष्ठी तिथि ।

मेष
बोलीमा कडा हुने छ । पारिवारिक सदस्यहरुका बीच कटुता आउन जाने छ । विद्या प्राप्तिमा मन जाने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छ भने आम्दानीमा पनि सन्तोष मिल्ने छ ।
तल्लो पेट सम्बन्धी समस्याले सताउने छ ।

वृष
धन सम्पत्तिमा बृद्धि हुने छ । साझेदारीमा सफलता मिल्ने छ । जीवनसाथिका कारण धन धान्य बृद्धिमा मद्दत मिल्ने छ । रिस बढि उठ्ने जाने छ । मुत्रनली र गुदद्वार सम्बन्धी समस्याले च्याप्ने छ । भाग्यको अभिबृद्धि हुने भएकाले कार्यसफलता मिल्ने छ ।

मिथुन
व्यक्तित्वमा दृढता विकास हुने छ तर रिस पनि अध्याधिक बृद्धि हुन जाने छ ।
प्रतिष्पर्धात्मक स्वाभाव हुने छ । भाग्यको साथ नभएको आभाष हुने छ भने यसले कार्य सफलतामा बाधा उत्पन्न हुने छ । जीवनसाथिको साथसहित कार्य गरेमा सफलता प्राप्त हुने छ । छोटोछोटा यात्रा गर्ने अवसर मिल्ने छ ।

कर्कट
अम्दानीमा बृद्धि हुने छ । अध्ययन–अध्यापनमा मन जाने छैन् । भाग्यहिनताको अनुभुति हुने छ । सन्तान सुख प्राप्त नहुने भएकाले चिन्ता थपि दिने छ । कर्मशिलता बढ्ने छ भने मान सम्मान र कदर प्राप्त हुने छ । राजनीतिक क्षेत्रका व्यक्तिहरुलाई लाभ मिल्ने छ ।

सिंह
प्रेममा सफलता मिल्ने छ । भाग्यको साथका कारण आम्दानी बढ्ने छ भने सोचेका र योजना बनाएका महत्वाकांक्षाहरु पुरा हुनेतर्फ जाने छन् । धन धान्यमा बृद्धि हुने छ । ब्यक्तित्वमा निखारता आउने भएकाले कार्य सफलता प्राप्त हुने छ । दाम्पत्य जीवनमा भने केही कटुता आउने छ ।

कन्या
विद्या आर्जनमा सफलता प्राप्त हुने छ । कर्मको क्षेत्रमा पनि अभिबृद्धि हुने छ । नेतृत्व तथा राजनीतिक क्षेत्रका व्यक्तिहरुलाई अपजस आउने छ । पेशागत जीवनमा उल्झनहरु तथा आरोप प्रत्यारोप र अपमान लाग्ने छ । दाम्पत्य जीवनमा कटुता देखा पर्ने छ ।

तुला
आँखा, अनुहार तथा दाँत आदीमा चोट पटक लाग्न सक्छ । दाम्पत्य साथ रहेमा आम्दानीमा बृद्धि हुन पुग्ने छ । फलाम, भाडाका सवारीसाधन सेवा, कल कारखानाजन्य क्षेत्रका व्यक्तिहरुलाई लाभ प्राप्त हुने छ । पेशागत सफलताबाट भाग्यको अभिबृद्धि हुन पुग्ने छ ।

वृश्चिक
मनमा अलि निराशा आउने छ । शिर भारी हुने तथा टाउकोसँग सम्बन्धी समस्याले सताउला । मेहनत र पराक्रममा भने बृद्धि हुने छ । मनमा उदासिनता भरिने भएकाले भाग्यहिनता लागि रहने छ । पेशागत जीवनमा उल्झनहरु आउने भएकाले सतर्क रहनु होला ।

धनु
प्रतिष्पर्धात्मक स्वाभाव देखा पर्ने छ । पारिवारिक सुख प्राप्त हुने छ तर बोलीमा अस्वाभाविक कडापन आउने भएकाले व्यवहार गर्दा पारिवारिक सदस्यहरुले कडापनको अनुभुती गर्ने छन् । जीवनसाथिको साथले अघि बढेमा व्यवस्थापकीय क्षेत्रमा लाभ मिल्ने छ ।

मकर
बोल्ड ब्यक्तित्व बन्ने छ, तर अत्याधिक रिसाहा व्यक्तित्व पनि देखा पर्ने भएकाले यसमा ध्यान पु¥याउनु होला । सूचना, प्रविधि तथा सर्जिकल क्षेत्रका व्यक्तिहरुलाई लाभ प्राप्त हुने छ । अन्यको हकमा सोचे जस्तो आम्दानी हुने छैन् । दाम्पत्य जीवनमा केही असुमधुरता उत्पन्न हुन जाने छ ।

कुम्भ
बौद्धिक व्यक्तित्व देखा पर्ने छ, ज्ञान भावमा बृद्धि हुन पुग्ने छ । विदेश यात्राको सोचमा बृद्धि हुने छ । माथिल्लो पेट तथा छाति सम्बन्धी समस्या देखा पर्ने छ । विद्या आर्जनमा उल्झन उत्पन्न हुन पुग्ने छ । जीवनसाथिको साथसहित कार्य गरेमा मेहनत र पराक्रम बढ्न जाने भएकाले केही सफलता प्राप्त हुने छ ।

मीन
पारिवारिक जीवनमा विवाद बढ्न जाने छ । पुख्र्याैली सम्पत्तिका विषयलाई लिएर कटुता देखा पर्ने छ । धर्मप्रति विश्वास भए जस्तो त उत्तिनखेरै नभए जस्तो भइरहने छ । विवाह सम्बन्धि विषयमा समस्या आउने छन् । परिवारका सदस्यहरुले साथ दिएमा भने विवाहसमम्बन्धी प्रसङ्गले सार्थकता पाउने देखिन्छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया