शनिबार, वैशाख ८, २०८१

कर्णालीमा फ्लोरक्रस गर्ने सांसदलाई मन्त्री पुरस्कार !

बुढा, थापा र शाही मन्त्री नियुक्त

मेरोन्यूज २०७८ वैशाख ४ गते २१:१९

सुर्खेत । नेकपा (एमाले)का सांसदको ‘फ्लोरक्रस’बाट मुख्यमन्त्री पद जोगाएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज प्रदेश मन्त्रिपरिषद् हेरफेर गरेका छन् ।

उनले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिं बुढा, भौतिक पूर्वाधार विकास मन्त्रीमा अमरबहादुर थापा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा कुर्मराज शाहीलाई नियुक्त गरेका छन् ।

तीनै जना एमालेका तर्फबाट फ्लोरक्रस गर्ने सांसद् हुन् । शुक्रबार मुख्यमन्त्री शाहीले प्रदेशसभाबाट विश्वासको मत लिएका थिए । उनको पक्षमा २२ मत र विपक्षमा १५ मत परेको थियो । एमालेका तर्फबाट बुुढा, थापा, शाही र प्रकाश ज्वालाले संसदीय दलको ह्वीप नमानेर मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेका थिए ।

आज मन्त्रीमा नियुक्त तीनै जनालाई एमाले प्रदेश कमिटीले पार्टीको ह्वीप उल्लङ्घन गरेको भन्दै कारवाही गरेको छ भने ज्वाला महाधिवेशन आयोजक कमिटी सदस्य भएकाले कारवाहीका लागि पार्टी केन्द्रमा सिफारिश गरेको छ ।

प्रतिक्रिया