शुक्रबार, वैशाख १४, २०८१

त्रिकोणात्मक टी-२० सिरिज

नेदरल्यान्ड्सद्वारा नेपाललाई १३७ रनको सामान्य लक्ष्य

मेरोन्यूज २०७८ वैशाख ४ गते १५:२६

काठमाडौं । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान मैदानमा जारी त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेदरल्याण्ड्सले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको नेदरल्याण्ड्सको टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १३६ रन बनाएको हो ।

बलिङमा नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक दुई विकेट लिए। उनले चार ओभरमा २२ रन दिएर दुई विकेट हात पारे। त्यस्तै, साहब आलम र सोमपाल कामीले एक/एक विकेट लिए।

नेदरल्याण्ड्सको शुरुवात राम्रो थिएन । दोस्रो ओभरको छैटौं बलमा सन्दीप लामिछाने म्याक्स ओ डोडलाई एलबीडब्लू धरापमा पार्दै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।

प्रतिक्रिया