बिहीबार, वैशाख १३, २०८१

प्रचण्ड र नेपालबीच भेटवार्ता

मेरोन्यूज २०७८ वैशाख ४ गते १४:३२

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेट भएको छ।

शनिबार नेता नेपाल झापाबाट सिधै कोटेश्वर आएर बिहान साढे ९ बजेतिर भेट भएको स्रोतले जानकारी दिए ।

स्रोतका अनुसार उनीहरूबीच कोटेश्वरको एक व्यापारीको घरमा भेट भएको हो । शुक्रबार कर्णाली प्रदेश सरकार जोगाउन एमाले नेता नेपालको पक्षका चार सांसदले फ्लोर क्रस गरेका थिए। सांसदहरू प्रकाश ज्वाला, नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीले ‘फ्लोर क्रस’ गरेका थिए।

कर्णालीका मुख्यमन्त्रीको पक्षमा २२ मत परेको थियो। जसमा माओवादी केन्द्रका १२, कांग्रेसका ६ र एमालेका ४ जनाले मतदान गरेको थिए।

प्रतिक्रिया