बिहीबार, वैशाख १३, २०८१

सर्वदलीय बैठकमा फेरि प्रधानमन्त्रीको सभामुखप्रति असन्तुष्टि

‘सभामुख अराजक र अनैतिक ढंगले मात्र हिडिरहनु भयो ।’

मेरोन्यूज २०७८ वैशाख ४ गते १३:०२
सर्बदलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली । तस्विर सौजन्य : प्रधानमन्त्रीको नीजि सचिवालय

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटको भूमिकाप्रति फेरि असन्तुष्टि जनाएका छन् । प्रधानमन्त्रीले संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका नेताहरुलाई बालुवाटारमा बोलाएर आयोजना गरेको सर्वदलीय बैठकमा उनले सभामुखको भूमिका सन्तुष्टि जनाउने खालको नभएको वताएका हुन् ।

‘सभामुखले संसदमा सधै असहयोग मात्र गर्नुभयो, सहयोग गदै गर्नुभएन,’ सर्वदलीय बैठकमा सहभागी राप्रपा नेता डा प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्री ओलीको भनाई उद्धृत गदैं भने,-‘संसदले काम गर्न पाएन, सभामुखले नै असहयोग गर्नुभयो । सभामुख अराजक र अनैतिक ढंगले मात्र हिडिरहनु भयो ।’

प्रधानमन्त्री ओली र सभामुख सापकोटाका वीचमा विगत ८ महिनायता संर्घष चल्दै आएको छ । ओलीले बोलाएको सम्वैधानिक परिषद्को वैठक बहिस्कार गर्नेदेखि ओलीका कदमलाई सभामुख सापकोटाले सम्वैधानिक चुनौति सम्म दिन थालेपछि प्रधानमन्त्री सभामुखसँग असन्तुष्ट रहँदै आएका थिए ।

त्यसमाथी ओलीले अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सदनबाट पारित गराउन चाहेपनि सभामुखले पहिले दलहरुका वीचको सहमति खोजी गरेर संसदमा निर्णयार्थ प्रस्तुत गरेका छैनन । यसमा प्रधानमन्त्री ओलीले सभामुखसँग चर्काे असन्तुष्टि पोख्दै आएका छन् ।


२०७८ को नयाँ वर्षको अवसरमा देशवासीलाई सम्वोधन गर्ने क्रममा पनि प्रधानमन्त्रीले एमसीसी सदनमा निर्णयार्थ पेश नगरेर सभामुखले संविधान विपरित काम गरेको आरोप लगाएका थिए । कार्यपालिका प्रमुख र ब्यवस्थापिका प्रमुखका वीचमा चलेको टसल सुल्झने भन्दा झन चर्कनेतिर जान थालेको संकेत प्रधानमन्त्रीले एक पछि अर्काे गरी सभामुखलाई गरेको खरो टिप्पणीले संकेत गर्छ ।

सर्बदलीय बैठकमा विभिन्न राजनीतिक दलका नेताहरु

सर्वदलीय बैठकमा सहभागी अन्य दलका नेताहरुले भने सभामुखसँग सम्वन्ध विगार्नेतिर भन्दा सपार्ने र मिलेर जानुपर्नेतिर भूमिका खेल्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् ।

‘उहाँले सभामुखप्रति असन्तुष्टि पोखेपनि हामीले मिलेर जान सुझाव दिएका छौं,’ लोहनीले भने ।

माओवादी केन्द्रले भने सभामुखले बोलाएको सर्वदलीय बैठक वहिष्कार गरेको छ । प्रधानमन्त्री ओलीले प्रमुख तीन दलका नेता वीचमा मात्र छलफल भनेपनि त्यसमा जाने नजाने कुनै निर्णय भईनसकेको तर वैठक तीन दलका नेताको भनेर सर्वदलीय राखिएको माओवादीको भनाई छ ।

ओलीले बैठकका लागि माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र काग्रेस सभापति शेरवादुर देउवालाई भने आफैले टेलिफोन गरी वैठकका लागि बोलाएका थिए ।

वैठकमा प्रधानमन्त्री ओलीले जसपाका नेताहरु डा. वावुराम भट्टराई र उपेन्द्र यादवलाई भने बोलाएका थिएनन । उनले जसपाभित्रको राजपाका नेताहरुलाई मात्र बोलाएपछि उपेन्द्र र डा वावुारम पनि वैठकमा सहभागी छैनन ।

एमालेवाट सुवास नेम्वाङ, इश्वर पोखरेल, विष्णु पौडेल लगायतका नेताहरु सहभागी छन् । कांग्रेसवाट सभापति शेरवहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधी, बालकृष्ण खाँण लगायतका नेता सहभागी छन् ।

बैठकमा माधव नेपाल, झलनाथ खनाल लगायतका नेता पनि सहभागी छैनन । जसपका महन्थ ठाकुर, सर्वेन्द्रनाथ शुक्ल, लष्मणलाल कर्ण लगायत छन् । मजदुर किसान पार्टी , जनमोर्चा र राप्रपाका नेताहरु पनि बैठकमा सहभागी भएका छन् ।

प्रतिक्रिया