साहित्यकार वैष्णवको निधन
मेरोन्यूज
२०७८ वैशाख ४ गते १०:२६

काठमाडौं । वरिष्ठ साहित्यकार श्यामदास वैष्णवको गएराति निधन भएको छ ।
विसं २०७२ देखि मनोरोगले पीडित उनको गएराती आफ्नै निवास ज्ञानेश्वरमा मृत्यु भएको हो उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।
महाकवि लक्ष्मीप्रसाद देवकोटाका अतिप्रय चेला (भक्त) मानिने वैष्णवका कवितासङ्ग्रह र गीतिनाटक गरेर सात वटा कृति प्रकाशित छन् ।
वैष्णवले गोरखादक्षिण बाहु, महेन्द्र प्रज्ञापुरस्कार, त्रिमूर्ति, देवकोटा शताब्दी, भानुभक्त, मुक्ति र नइ देरूनीख प्रदीप्ति आदि पुरस्कार पाएका थिए ।
विसं १९८१ साउन ५ गते काठमाडौंमा जन्मिएका वैष्णवका श्रीमती, तीन छोरा र चार छोरी छन् । (रासस)
सम्बन्धित
प्रतिक्रिया