शुक्रबार, वैशाख १४, २०८१

आगामी सोमबार र मंगलबार भिटामिन ए र जुकाको औषधी खुवाइदै (सूचनासहित)

मेरोन्यूज २०७८ वैशाख ४ गते ८:४०

काठमाडौं । सरकारले आगामी सोमबार र मंगलबार बालबालिकालाई भिटामिन ए र जुकाको औषधी खुवाउने भएको छ ।

ती दुई दिन ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको ओषधी खुवाउने जनाएको छ ।

कोभिड–१९ को संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका उपाय अपनाई आफ्ना बालबालिकालाई नजिकको वितरण केन्द्रमा लगेर भिटामिन ए र जुकाको औषधी खुवाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुरोध गरेको छ । (स्वास्थ्य मन्त्रालयको सूचना)

प्रतिक्रिया