मंगलबार, वैशाख ४, २०८१

राति सुत्नुअघि एक गिलास तातोपानीमा ल्वाङ हालेर खाँदा फाइदै फाइदा

मेरोन्यूज २०७८ वैशाख ३ गते १९:२४


एजेन्सी । हाम्रो भान्सामा पैयोग हुने मसला हो ल्वाङ । राति सुत्नु भन्दा अघि मनतातो पानीमा हालेर पिउँदा निकै फाइदा हुन्छ । यसले खानाको पौष्टिकतामा समेत वृद्धि गर्छ । यसमा आयुर्वेदिक गुण पनि हुने भएकाले यसलाई घरेलु औषधिको रुपमा पनि प्रयोग गर्ने गरिन्छ । राति सुत्नुअघि दुई वटा ल्वाङलाई तातोपानीमा मिसाएर खाँदा शरीरमा अन्य फाइदाहरु समेत पुर्याउने चिकित्सकहरु बताउँछन् ।

यी हुन ल्वाङको फाइदा

  • ल्वाङमा भिटामिन सी, भिटामिन ई, भिटामिन डी, भिटामिन ए, थियामिन, फोलेट, ओमेगा ३ फ्याटी एसिड जस्ता पौषिक तत्वहरु पाइन्छन् ।
  • यसको दाँतको दुखाईमा समेत यसले फाइदा पुर्याउँछ ।
  • राति सुत्नुअघि तातोपानीमा दुई वटा ल्वाङ राखेर खाँदा कब्जियत, पखाला, एसिडिटी जस्ता समस्याहरु कम हुँदै जाने चिकित्सकहरु बताउँछन् ।
  • घाँटीको समस्यामा भएको समयमा तातोपानीमा ल्वाङ हालेर पिउनुपर्छ ।
  • राति सुत्नुअघि तातोपानीमा ल्वाङ हालेर पिउँदा दाँत दुख्ने समस्यामा कमि आउँछ ।
  • हात र गोडा काँप्ने समस्याबाट पीडित भएका व्यक्तिहरुका लागि १ वा २ वटा ल्वाङको नियमित सेवन गर्ने गर्नुपर्छ ।

प्रतिक्रिया