शुक्रबार, चैत १६, २०८०

कोरोनाको दोस्रो लहर

भेरी अस्पतालमा परीक्षण गरिएकामध्ये करिब ७० प्रतिशतमा कोरोना

मेरोन्यूज २०७८ वैशाख ३ गते १९:१०


नेपालगन्ज । नेपालगन्ज—भारतमा कोरोना भाइरस कोभिड—१९ को दोस्रो लहर सुरु भएसँगै नेपालमा पनि कोरोना संक्रमण बढ्न थालेको छ ।
भेरी अस्पताल प्रयोगशालाकाअनुसार १८३ वटा नमुना परीक्षण गर्दा १२७ जनामा कोभिड—१९ को संक्रमण पुष्टि भएको छ । जुन कुल परीक्षणको करिब ७० प्रतिशतमा कोभिड—१९ पोजेटिभ देखिएको छ ।

‘एकै दिन यति धेरै संख्यामा संक्रमित पहिचान भएको विगत १ वर्षमा यो पहिलो पटक हो,’ अस्पताल प्रयोगशालाले भनेको छ, ‘यसले कोभिड—१९ को संक्रमण समुदायस्तरमा व्यापक रुपमा फैलिसकेको इंगित गर्छ ।’ अस्पतालले स्रोत साधन भ्याएसम्म बिरामीको उपचारमा कटिबद्ध भएको जनाएको छ ।

प्रतिक्रिया