शुक्रबार, वैशाख १४, २०८१

चट्याङ र हावाहुरी कारण काठमाडौं आउँदै गरेका ४ वटा जहाज भारत पठाइयो

मेरोन्यूज २०७८ वैशाख ३ गते १८:५४

काठमाडौं । हावाहुरीसँगै परेको चट्याङका कारण काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा विभिन्न देशबाट आउदै गरेका चार जहाजलाई भारत पठाइएको विमानस्थल कार्यालयले जनाएको छ । शुक्रबार विदेशबाट काठमाडौं आएका चार अन्तर्राष्ट्रिय जहाजलाई भारत डाइभर्ट गरिएको जनाएको हो ।

कतारको दोहाबाट काठमाडौं आउँदै गरेको एयरवेजको जहाजलाई कोलकाता पठाइएको छ । साउदीको दमामबाट आएको हिमालय एयरलाइन्सलाई भारतको वनारस पठाइएको छ ।

दिल्लीबाट आएको एयर इण्डियाको जहाजलाई समेत वनारस पठाइएको छ । दिल्लीबाट आएको नेपाल एयरलाइन्सको जहाजलाई दिल्ली नै फर्काइएको छ । आन्तरितकतर्फ समेत आकाशमै रहेका बेला ७ वटा जहाज डाइभर्ट गरिएको छ । कार्यालयले साँझ ६ बजेपछि भने काठमाडौं विमानस्थलको भिजिविलिटीमा सुधार आएको जनाएको छ ।

प्रतिक्रिया