बिहीबार, वैशाख १३, २०८१

कोरोना प्रभावित जिल्लामा भौतिक कक्षा बन्द गर्न अभिभावक महासंघको आग्रह

मेरोन्यूज २०७८ वैशाख ३ गते १८:४१

काठमाडौं । नेपाल अभिभाभवक महासंघले नेपालमा कोरोना संक्रमणको दोस्रो लहर बढेकोले विद्यालयहरु सञ्चालन गर्न नहुने जनाएको छ । बिहीबार रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दै संघका अध्यक्ष शुभप्रभात भण्डारीले कक्षा ८ देखि १० का विद्यार्थीलाई पनि कडा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न माग गरे ।

एनप्याब्सनका महासचिव सुवास न्यौपानेले जस्तोसुकै अफ्ठ्योरो परिस्थिति र महाआपत्तिमा पनि शिक्षाबाट बालबालिका बन्चित हुनु हुँदैन भन्ने विश्वव्यापी मान्यता भएको बताए ।
वस्तुस्थितिको सही मुल्याकंन गरेर सरकारले निर्णय गर्नपर्ने उनको भनाई थियो । विद्यार्थी, शिक्षक तथा अभिभावकहरुलाई सरकारले अन्यौलपुर्ण वातावरणलाई नराख्न समेत सरकारलाई आग्रह गरे । उनले वायुप्रदुषणको कारण देखाउदै ४ दिनसम्म विद्यालय बन्द गरेकोमा आपत्ति जनाएका थिए । ‘हल्लाको पछि लागेर सरकारले निर्णय गर्न मिल्दैन् ।’, उनले अघि भने,‘जहाँ संक्रमण छ, त्यहाँमात्र विद्यालय बन्द हुनुपर्छ । समग्र विद्यालयलाई बन्द गर्नुहुँदैन् ।’

शिक्षा विभागले पनि मन्त्रालयले झैँ कोभिड–१९ बाट विद्यार्थी र कर्मचारी संक्रमित भए हप्ता दिन विद्यालय बन्द गर्ने र स्वास्थ्य मापदण्ड पालना गरी विद्यालय सञ्चालन गर्नु भनी बिहिबार प्रेस विज्ञप्ति जारी गरेको छ ।

तर स्वास्थ्य मन्त्रालयले भने कोरोना भाइरसबाट संक्रमित १४ जिल्ला सूचीकृत गर्दै कम्तीमा तीन हप्ताको लागि विद्यालय बन्द गर्न अपिल गरेको छ ।

संस्थागत विद्यालय संगठन एनप्याब्सनका महासचिव सुवास न्यौपानेले एकीकृत सरकारी निर्णय नआउँदा विद्यालय र अभिभाभावक अलमलमा परेको बताए । “स्वास्थ्य मन्त्रालय विद्यालय बन्द गर भन्छ, शिक्षा मन्त्रालय र शिक्षा विभाग संक्रमित भेटिएका विद्यालय मात्र बन्द गर भन्छ, हामीले कसको कुरा मान्ने रु,” उनले प्रश्न गरे ।

यस्तै, प्याब्सनका अध्यक्ष टीकाराम पुरी नेपालभरि एकैपटक विद्यालय बन्द गर्न नहुने धारणा राख्छन् । परिस्थितिअनुसार बन्द गर्नुपरे जोखिम भएका विद्यालय बन्द गरिने उनले जानकारी दिए ।

“हामी शिक्षा क्षेत्रसँग सम्बन्धित भएकाले शिक्षा मन्त्रालय र पालिकाले दिएको निर्णय हाम्रा लागि आधिकारिक हुन्छ ,” उनले भने, “तर स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालन गर्न सकिन्छ । यसका लागि कडा अनुगमन गरी मापदण्ड पूरा नगरिएका विद्यालय बन्द गर्नसक्नुपर्छ ।”

प्रतिक्रिया