बुधबार, वैशाख १२, २०८१

ओली र गोयलबीच सहमति भएकाे भनी समाचार लेख्ने ७ मिडियालाई प्रेस काउन्सिलको २४ घन्टे स्पष्टीकरण

मेरोन्यूज २०७८ वैशाख ३ गते १८:२५

काठमाडौं । प्रेस काउन्सिल नेपालले ‘अनअफिसियल ट्रान्सलेसन’ उल्लेख भएकाे डकुमेन्टलाई आधार बनाइ प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलबीच भएकाे सहमति भनी समाचार छाप्ने ७ मिडियालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

बिहीबार साँझ एक अनलाइनमार्फत प्रधानमन्त्री ओली र ‘रअ’ गोयलबीच सम्झौता भएको भन्दै पत्रसहितको समाचार सार्वजनिक भएको थियो । उक्त समाचार सार्वजनिक गर्ने ‘उज्यालो नेटवर्क’, ‘समाचार दैनिक’, ‘पर्दाफास’, ‘सुदर्शन खबर’, ‘नेपाली गाथा’, ‘पालखबर’ र ‘कान्तिपथ अनलाइन’ लाई पत्रकार आचर संहिता २०७३ दफा ४को (२) ४ को (६) र दफा ५ को (१) उलङ्घन गरेको ठहर गर्दै काउन्सिलले २४ घण्टे स्पष्टीकरण सोधेको हो ।

प्रतिक्रिया