बिहीबार, वैशाख १३, २०८१

नेपालमा कोरोनाको संक्रिय संक्रमित ५ हजार नाघे

मेरोन्यूज २०७८ वैशाख ३ गते १७:५९

काठमाडौं । नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित शुक्रबार ५ हजार ८ जना पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबारसम्म नेपालमा कोरोना संक्रमण देखिए विभिन्न अस्पताल तथा होम आइसोलेसनमा ५ हजार ८ जना रहेका छ ।

कुल संक्रमितमध्ये ३ सय ४८ जना मात्र काठमाडौं उपत्यकामा भेटिएका छन्। काठमाडौंमा २ सय ८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जना संक्रमित भेटिएको मन्त्रालयले जनाएको छ।

नेपालमा संक्रमितको कूल संख्या २ लाख ८२ हजार ८९० जना पुगेको छ । नेपालमा मृत्युको संख्या ३ हजार ७० पुगेको छ।

प्रतिक्रिया