बिहीबार, वैशाख १३, २०८१

ओली नेतृत्वको सरकारले संसद निष्क्रय पार्न खोजेको कांग्रेस नेता सिंहको आरोप

मेरोन्यूज २०७८ वैशाख ३ गते १७:४९

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले बिजनेस दिन नसक्दा मुलुकमा संसदीय व्यवस्था छ कि छैन भन्ने अवस्था आएको बताएका छन् ।
शुक्रबार स्याङ्जाको वालिङमा आयोजित स्वतन्त्रता सेनानी सूर्य प्रसाद रेग्मीको प्रथम स्मृतीसभामा बोल्दै नेता सिंहले संसदलाई बिजनेस नदिएर ओली नेतृत्वको सरकारले संसद निष्क्रय पार्न खोजेको आरोप लगाएका हुन् ।


‘सरकार भएर पनि छ कि छैन जस्तो लाग्छ । संसदलाई बिजनेस नदिदा संसदीय व्यवस्था छ कि छैन भन्ने अवस्था सिर्जना भईसक्यो’उनले भने ,‘आफ्नै पार्टीको अन्तर झगडाको कारणले गर्दा संसद भङ्ग गर्ने गरेर ओलीले आफ्नो नैतिकताको स्तर देखाईसकेका छन् । ओलीलाई प्रधानमन्त्री भईरहने वैधानिकता छैन् ।’


नेता सिहंले ओलीका कारण प्रजातन्त्र, बहुदलीय व्यवस्था र लोकतन्त्र संकटमा पारेको बताए । लोकतन्त्र जोगाउनको लागी आफुहरुले पार्टी सभापति शेर बहादुर देउवा लाई भेटेरै देशलाई संकट परेको बेला चुप लागेर नबसी सरकारको नेतृत्व गर्न आग्रह गरेको जानकारी दिए ।


कांग्रेस कम्जोर भएको मौकामा ओलीले देशलाई नै कम्जोर बनाएको भन्दै नेता सिंहले भने ‘देशमा कम्युनिष्टहरु असफल भईसके , यीनीहरुले न संबिधान नै जारी गर्न सकेका हुन, न त संविधान कार्यन्वयनमा नै सफल हुन सके ।’

प्रतिक्रिया