बिहीबार, वैशाख १३, २०८१

थप ९ सय जनामा कोरोना पुष्टि, काठमाडौं र बाँके संक्रमणको जोखिममा

मेरोन्यूज २०७८ वैशाख ३ गते १७:२७

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ९ सय जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार १ सय ५८ नमुना पीसीआर परीक्षण गर्दा ८ सय ३६ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै एन्टीजेन टेष्टमा ६४ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

पछिल्लो २४ घण्टामा दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यका र बाँके कारोना भाइरस संक्रमणको हटस्पट बनेको छ । काठमाडौँ उपत्यकामा सर्वाधिक ३४८ जना संक्रमित भएका हुन् ।

काठमाडौँमा २८६, ललितपुरमा ४३ र भक्तपुरमा १९ जनामा संक्रमण पुष्टि भएको छ । बाँकेमा १ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया