बुधबार, वैशाख १२, २०८१

अन्तत: जोगियो कर्णालीका मुख्यमन्त्रीको पद

एमाले सांसदले फ्लाेरक्रस गर्दा शाहीको पक्षमा २२ मत, विपक्षमा १५ मत

मेरोन्यूज २०७८ वैशाख ३ गते १७:२९

सुर्खेत । अन्तत कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीको पद जोगिएको छ ।

एमालेकै ४ जना सांसदले मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले शुक्रवार प्रदेश सभा वैठकमा लिन चाहेको विश्वासको मतमा फोलर् क्रस गरेर मतदान गरेपछि मुख्यमन्त्री शाहीको पद जोगिएको हो । फ्लोर क्रस गर्नेमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापा छन्।

मुख्यमन्त्री शाहीलाई विश्वासको मत लिनका लागि २० सांसदको आवश्यक थियो । तर माधव नेपाल पक्षका सांसदहरुले फलोर क्रस गरेर उनलाई साथ दिएपछि मुख्यमन्त्री शाहीको पक्षमा २२ सांसद पुगेका छन् ।

काग्रेसले पनि मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेको थियो । प्रदेश सभामा माओवादीका १२, काग्रेसका ६ सांसद थिए । एमालेको सभामुख सहित २० मत रहेको थियो । १ सिट रहेको राप्रपाले भने तटस्थताको नीति लिएको थियो ।

प्रतिक्रिया