बिहीबार, वैशाख १३, २०८१

प्रि-मनसुन सुरु : काठमाडौंमा मेघगर्जनसहित असिना-पानी, दिउँसै बत्ती बाल्नु पर्ने अवस्था

मेरोन्यूज २०७८ वैशाख ३ गते १६:५६

काठमाडौं । स्थानीय वायु र प्रि-मनसुन सुरु भएको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिना-पानी परेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा मेघगर्जन,चट्टयाङ्ग,हावाहुरी सहित असिना-पानी परेको हो।

काठमाडौंको आकाशमा टन्नै बादल भएकाले अहिले केही ठाउँमा दिउँसै बत्ती बाल्नु पर्ने अवस्था भएको मौसम पुवाएनसमान महाशाखाका मौसमविद् वरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार मोसम ठाउँपिछे फरक-फरक छ। कहिँ धेरै पानी परेको छ, कहिँ कम, प्रि-मनसुनमा यस्तो हुन्छ। दुई/तीन घन्टापछि यो खुलेर जान्छ।

प्रि मनसुनका कारण मेघगर्जन,चट्टयाङ्ग,हावाहुरी लगायतका गतिविधिहरु बढ्न सक्ने समेत पौडेलले बताए ।

प्रतिक्रिया