बिहीबार, वैशाख १३, २०८१

काठमाडौं प्लाजा सिल

मेरोन्यूज २०७८ वैशाख ३ गते १५:१५

काठमाडौं । नेपाल ट्रस्टले काठमाडौं प्लाजा सिल गरेको छ ।

काठमाडौं प्लाजा खाली गर्न दिएको अन्तिम समयसीमा सम्म पनि खाली नभएपछि ट्रस्टले बिहीबार प्लाजा सिल गरेको हो ।

सिल गरेपछि काठमाडौं प्लाजा सुनसान बनेको छ । प्लाजा भित्रका कार्यालय तथा पसलहरु पूर्ण रुपमा बन्द भएका छन् ।

सो भवन नेपाल ट्रस्टले काठमाडौं महानगरपालिकालाई भाडामा दिने सम्झौता गरिसकेको छ ।

प्रतिक्रिया