शुक्रबार, चैत १६, २०८०

भक्तपुरको सल्लाघारीमा मोटरसाईकल दुर्घटनाः २ जनाको मृत्यु

मेरोन्यूज २०७८ वैशाख ३ गते १४:५२

भक्तपुर । भक्तपुर नगरपालिका-१ चुनदेवीस्थित सल्लाघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाँकेको नेपालगंज घर भई काठमाडौं पुतलीसडक बस्ने २० वर्षीय सुर्य ओली र भोजपुर चौकीडाडा गाउँपालिकाका १८ वर्षीय सुमन गिरी रहेका छन् ।

शुक्रबार सल्लाघारीबाट सूर्यविनायक जाँदै गरेको प्र-३-०२-००१ प ८२५० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जना गम्भीर घाइते भएका थिए । घाइतेभएका उनिहरुलाई उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिए ।

घटनास्थलको सिसिटिभी फुटेज अनुसार मोटरसाइकल अनियन्त्रित भइ सडक किनाराको बारमा ठोक्किएको थियो । प्रहरीका अनुसार उक्त मोटरसाइकल तीव्र गतिमा थियो।

Advertisement

प्रतिक्रिया