शनिबार, वैशाख १५, २०८१

सबै अस्पतालमा ५० प्रतिशत बेड कोभिड-१९ का बिरामीलाई छुट्याउन मन्त्रालयको निर्देशन

मेरोन्यूज २०७८ वैशाख ३ गते १४:३१

काठमाडौं । सरकारले आफू मातहतका सबै अस्पतालमा ५० प्रतिशत बेड कोभिड-१९ का बिरामी व्यवस्थापनका लागि छुट्याउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा कोरोना संक्रमण पुनस् तिब्र गतिमा फैलिन थालेपछि यस्तो निर्देशन दिएको हो ।

मन्त्रालयले अत्यन्त जरुरी भन्दै विहीबार जारी गरेको सूचनामा सबै सरकारी अस्पतालमा कोभिड-१९ का बिरामीका लागि ५० प्रतिशत बेड छुट्याउन भनिएको छ । कोभिडका बिरामीलाई यसअघि तोकिए अनुसार नै निस्शुल्क सेवा प्रदान गर्न समेत निर्देशन दिइएको छ ।

यसैगरी, कोभिडको उपचार गर्ने निजी अस्पतालले संक्रमितको औषधि बाहेक उपचारका लागि संक्रमणको जटिलताका आधारमा सामान्य अवस्थाका बिरामीको लागि प्रतिदिन ३ हजार ५०० रुपैयाँ, मध्यम अवस्थाका लागि प्रतिदिन ७ हजार रुपैयाँ र जटिललाई प्रतिदिन १५ हजार रुपैयाँ र त्यसमा ५० प्रतिशत थप नबढ्ने गरी लिन सक्ने मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।

प्रतिक्रिया