बिहीबार, वैशाख १३, २०८१

मुख्यमन्त्री शाहीलाई राप्रपाले भोट नदिने

मेरोन्यूज २०७८ वैशाख ३ गते १४:०२

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई राप्रपाले भोट नदिने भएको छ।

पार्टी प्रचार विभाग प्रमुख मोहन श्रेष्ठका अनुसार राप्रपाका अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले तटस्थ बस्ने निर्णय गरेको हो ।

३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ । यो अवस्थामा एमालेका सांसदको मत पाएमात्रै मुख्यमन्त्री जोगिने छन् ।

प्रतिक्रिया