शुक्रबार, वैशाख ७, २०८१

मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न सांसदलाई ह्विप जारी

मेरोन्यूज २०७८ वैशाख ३ गते १३:३३

सुर्खेत । नेकपा (एमाले)ले कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध मतदान गर्न सांसदलाई ह्विप जारी गरेको छ ।

नेता यामलाल कँडेलको घरमा जारी एमाले कर्णाली प्रदेश संसदीय दलको बैठकले पार्टीका सांसदलाई मुख्यमन्त्री शाहीविरुद्ध मतदान गर्न ह्विप जारी गर्ने निर्णय गरेको हो ।

आज प्रदेशसभा बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ ।

३९ सदस्यीय प्रदेशसभामा माओवादीका १२, एमालेका २०, कांग्रेसका ६ र राप्रपाका १ जना सांसद छन् । वर्तमान सरकारको निरन्तरताका लागि मुख्यमन्त्रीलाई २० जना सांसदको समर्थन आवश्यक पर्छ । यो अवस्थामा एमालेका सांसदको मत पाएमात्रै मुख्यमन्त्री जोगिने छन् ।

प्रतिक्रिया