बिहीबार, वैशाख १३, २०८१

साहरुखको ‘पठान’मा सलमान खानको केमियो

मेरोन्यूज २०७८ वैशाख ३ गते १२:५५

एजेन्सी । किङ खान भनेर चिनिने बलिउड अभिनेता साहरुख खानको मुख्य भूमिका रहेको चलचित्र ‘पठान’मा सलमान खानको केमियो भूमिका रहेको छ ।

चलचित्रका लागि सलमानले १० दिन यशराज स्टूडियोमा छायांकन समेत गरेका थिए । तर, भारतमा कोरोनाको संक्रमण ह्वात्तै बढेपछि चलचित्रको छायांकन रोकिएको छ ।

चलचित्रमा १० दिनसम्म केमियो भूमिकामा काम गरेका सलमानले पारिश्रमिक भने लिन नमानेको भारतीय मिडियाले उल्लेख गरेका छन् । चलचित्रको छायांकन सकिएपछि निर्माता आदित्य चोपडाले सलमानसँग पारिश्रमिकको बिषयमा कुरा गरेका थिए ।

तर, सलमानले साहरुखका लागि आफू जे पनि गर्न तयार भएको भन्दै पारिश्रमिक लिन मानेनन् । यो चलचित्रमा अधिनेत्री दीपिका पादुकोण, नायक जोन अव्राहिम लगायतका कलाकारको पनि मुख्य भूमिका छ ।

सलमानले यशराज ब्यानरकै चलचित्रमा काम गरिरहेका छन् । सलमानले पारिश्रमिक नलिएपछि आदित्य चोपडाले उनलाई महंगो गिफ्ट गर्ने तयारी समेत गरेको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।

प्रतिक्रिया