शनिबार, वैशाख १५, २०८१

नयाँ वर्षसँगै महंगो भएको सुन आज १ हजार बढ्यो

मेरोन्यूज २०७८ वैशाख ३ गते १२:४०

काठमाडौं । नयाँवर्षसँगै महंगो भएको सुनचाँदीको मुल्य उकालिदै गएको छ । कारोबार हुने साताको अन्तिम दिन आज शुक्रबार सुन प्रतितोला १ हजर रुपैयाँले बढेर ९० हजार ५ सय रुपैयाँमा किनबेच भएको छ ।


हिजो बिहिबार सुन प्रतितोला ८९ हजार ५ सय रुपैयाँ रहेको थियो ।


चाँदी प्रतितोला १ हजार २ सय ९० रुपैयाँ रहेकोमा शुक्रबार प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३ सय रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया