शनिबार, वैशाख १५, २०८१

३० वर्षीया महिलालाई बलात्कार गरेको अभियोगमा २५ वर्षीय युवक पक्राउ

मेरोन्यूज २०७८ वैशाख ३ गते १२:३०

काभ्रे । ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले २५ वर्षीय एक पुरुषलाई पक्राउ गरेको छ ।

बलात्कार गरेको अभियोगमा काभ्रेको महाभारत गाउँपालिका–५ का २५ वर्षीय आर्जन थिङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

थिङले ती महिलालाई बलात्कार गरेको खबर प्राप्त भएपछि प्रहरी चौकी फोक्सीङटारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

प्रतिक्रिया