मंगलबार, वैशाख ११, २०८१

बालिकालाई यौन दुर्ववहार गरेको अभियोगमा २ जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख ३ गते १२:२८

काठमाडौं । प्रहरीले यौन दुव्र्यवहार गरेको अभियोगमा ओखलढुंगा र भक्तपुरबाट २ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले १५ वर्षिया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिद्धिचरण नगरपालिका-१२ बस्ने सुनकोशी गाउँपालिका-९ घर भएका ३९ वर्षीय दल बहादुर कार्की रहेका छन् ।

पक्राउ परेका कार्कीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

कार्कीले ती किशोरीलाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस्तै १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-१ मनहरा सुकुम्बासी बस्ती बस्ने स्याङजा वालिङ गाउँपालिका-५ घर भएका ३७ वर्षीय खेम बहादुर दर्जीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

दर्जीले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग सानोठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया