शुक्रबार, चैत १६, २०८०

आजको राशिफलः वैशाख ३ गते शुक्रबार

ज्यो. दिवाकर पन्त २०७८ वैशाख ३ गते ६:२१

काठमाडौं । आज २०७८ वैशाख महिनाको ३ गते शुक्रबार, चैत्र शुक्लपक्षको चतुर्थी तिथि । अब आजको राशिफल

मेष
आफ्नो भित्रि बुद्धिका कारण राजनीतिक सफलता प्राप्त हुने छ । नेतृत्वसम्बन्धि जिम्मेवारी प्राप्त हुने छ । साझेदारी सम्बन्धि विषयमा भने केही कटुता उत्पन्न हुन जाने छ । पेशागत जीवनमा सफलता प्राप्त हुने छ । भाग्यको साथले गर्दा आम्दानीमा र व्यापार विजनेशमा प्रगति प्राप्त हुने छ ।

वृष
बोलीमा अत्याधिक कडापन आउने छ । मनमा दृढता हुँदा हुँदै पनि केही उदासिनता आउने भएकाले दुविधा आउन जाने छ । भाग्यको साथ रहँनाले व्यवसायिक जीवन र जागिरको जीवनमा सफलता प्राप्त हुने छ । दाम्पत्य जीवनमा विवाद बढ्न जाने छ । मुत्रनली र गुदद्वार सम्बन्धी समस्याले सताउने छ । धन सम्पत्ति खर्च हुने योग रहेकाले सतर्क रहँदा वाञ्छनीय हुने छ ।

मिथुन
दृढ व्यक्तित्व हुने छ तर रिस अत्याधिक बढि हुने भएकाले रिस नियन्त्रण गरेमा उक्त व्यक्तित्वको कदर र प्रभाव बढन जाने छ । भाग्यको साथ नभएको आभाष हुने छ जसका कारण कार्य सम्पादनमा अवरोध आउने छन् । मनमा उदासिनता बढ्ने छ । आम्दानी गर्नु पर्दछ भन्ने महत्वाकांक्षा भने निरन्तर रहने छ ।

कर्कट
सन्तान सुख प्राप्त हुने छैन् । दाम्पत्य जीवनमा कटुता बढ्ने भएकाले सतर्क रहनु होला । पाचन प्रणाली सम्बन्धि समस्याले सताउने छ । कर्मशिलतामा बृद्धि हुने छ जसले गर्दा धन सम्पत्तिमा बृद्धि हुने छ । ब्यवसायिक जीवनमा सफलता प्राप्त हुने छ भने रोजगारीमा रहेकाहरुको हकमा पनि शुभ नै रहेको छ ।

Advertisement

सिंह
माथिल्लो पेट र छाति सम्बन्धि विषयका समस्याले सताउने छ, सतर्क रहनुहोला । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । भाग्यको साथ रहँनाले व्यक्तित्वमा निखारता आउने छ भने मनमा दृढता बढ्न गई कार्य सफलता प्राप्त हुने छ । पेशागत जीवनमा नसोचेका समस्याहरु आउन सक्ने भएकाले सतर्क रहनु होला ।

कन्या
पढाईमा मन लाग्ने छ । दाम्पत्य जीवनमा द्वन्द चर्किन पुग्ने छ भने घर घडेरी तथा वाहन जस्ता विषयमा विवाद बढ्न जाने छ । समयमा बुद्धि आउने छैन जसले गर्दा निर्णय प्रकृयामा असफलता प्राप्त हुन जाने छ । धन सम्पत्ति नोक्सान हुने योग रहेकाले सतर्क रहनु होला ।

तुला
जीवनसाथिको साथ लिएर कार्य गर्नाले सफलता मिल्ने छ । साथै जीवनसाथिको नेतृत्वलाई अघि बढाएमा त्यसले उच्च फल दिने छ । धनको बृद्धि हुने छ । यातायात, फलाम जन्य क्षेत्रमा सक्रिय व्यक्तिहरुको जीवनमा सफलता प्राप्त हुने छ । अनुहार, आँखा तथा दाँतमा चोटपटक लाग्न सक्ने खतरा रहेकाले सतर्क रहनु होला ।

वृश्चिक
अलि नकारात्मक विचारले सताउने छ । मेहनत र पराक्रम गर्न मन लागेता पनि आम्दानीमा बृद्धि हुन नपुग्ने भएकाले मनमा निराशा पलाउने छ । दुविधात्मक व्यक्तित्व हुने छ । मनोबलमा गिरावट आउने छ । पेशागत र व्यावसायिक जीवनमा अवरोधहरु आउने भएकाले सतर्क रहनु होला ।

धनु
पारिवारि सुख प्राप्त हुने छ । छोटो छोटो यात्रा गर्नु पर्ने छ । मनमा उदासिनता आउन जाने छ । दाम्पत्य जीवनमा विवाद उत्पन्न हुने भएकाले बोलीमा नियन्त्रण गर्दा उत्तम हुने छ । तर जीवन साथिले दिएको सल्लाहलाई गम्भीरतापूर्वक लिन सकेमा शुभ हुने छ ।

मकर
कडा स्वाभावको व्यक्तित्व हुने भएता पनि व्यक्तित्वको प्रभाव बढ्न जाने छ । प्रतिष्पर्धात्मक स्वाभावमा बृद्धि हुने छ । छाति र माथिल्लो पेटसम्बन्धि समस्याले पिरोल्ने छ । पढाईसम्बन्धि विषयले चिन्ता थपिने छ ।

कुम्भ
अध्ययन अध्यापनमा मन जाने छ । आम्दानीमा हुने वृद्धिले केही राहत दिने छ । बौद्धिक ब्यक्तित्वको प्रभाव पर्ने छ । यात्रासम्बन्धि योग छ । घर, घडेरी, वाहन जस्ता विषयमा मनमा उदासिनता थपिने छ । माथिल्लो पेट र छाति सम्बन्धि विषयमा सतर्क हुनु होला ।

मीन
व्यक्तित्वमा गिरावट आउने छ । पेशागत जीवन र व्यावसायिक जीवनमा समस्या आउने भएकाले सतर्क रहनु होला । भाग्यको साथले गर्दा घर घेडेरीसम्बन्धि विषयमा भने लाभ प्राप्त हुने छ । पारिवारिक जीवनमा द्वन्द चर्किन जाने भएकाले विचार गरेर मात्र अघि बढ्नु होला ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया