शनिबार, वैशाख ८, २०८१

कर्णालीका मुख्यमन्त्री जोगाउन माओवादी केन्द्रको अपिल (पत्रसहित)

मेरोन्यूज २०७८ वैशाख २ गते १८:५८

सुर्खेत । नेकपा (एमाले)ले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेको कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाउन नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र प्रदेशसभा सदस्यसँग अपिल गरेको छ ।

सत्ता साझेदार एमाले सरकारबाट बाहिरिएपछि गणितीय रुपमा अप्ठ्यारोमा परेका मुख्यमन्त्री शाहीले शुक्रबार प्रदेशसभाबाट विश्वासको मत लिँदैछन् । प्रदेशसभाबाट विश्वासको मत पाए उनी मुख्यमन्त्रीमा रहनेछन् भने मत प्राप्त गर्न नसके मुख्यमन्त्रीबाट बाहिरिने छन् ।

माओवादी केन्द्रको कर्णाली प्रदेशसभाकी प्रमुख सचेतक सीताकुमारी नेपालीले बिहीबार एक अपिल जारी गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्न आग्रह गरेकी छिन् ।

प्रतिक्रिया