शुक्रबार, चैत १६, २०८०

सांसद रावलको घरमा ढुंगा हान्ने २ जना पक्राउ

मेरोन्यूज २०७८ वैशाख २ गते १८:४०

काठमाडौं । नेकपा (एमाले)का सांसद झपट बहादुर रावल बसेको घरमा ढुंगा हानेको आरोपमा दुई जना पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले रामेछापको गोकुलगंगा गाउँपालिका-१ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका-३ गठ्ठाघर बस्दै आएका २२ बर्षीय मनोज तामाङ र पाचथर फिदिम नगरपालिका-१० याङ्नाम घर भई हाल ललितपुर ईमाडोल बस्दै आएका २४ बर्षीय नसिम लिम्बुलाई पक्राउ गरेको हो ।

नेता रावल बस्दै आएको काठमाडौं महानगरपालिका-३१ कारेश्वर मन्दिर नजिक रहेको धुर्बलाल श्रेष्ठको घरमा अनाधिकृत रुपमा प्रवेश गरी बुधबार राति ढुङ्गामुढा गरी फरार भएका उनिहरुलाई महाशाखाबाट खटिएको प्रहरी टोलीले बिहिबार पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

पक्राउ परेका उनिहरुको अनुसन्धानका लागि महानगरीय प्रहरी बृत बानेश्वर पठाइएको महाशाखाले जनाएको छ ।

Advertisement

प्रतिक्रिया