बुधबार, वैशाख १२, २०८१

नक्कली सुनको कारोबार गरेको अभियोगमा धादिङ तिपलिङ्गका एक पक्राउ

मेरोन्यूज २०७८ वैशाख २ गते १८:०६

काठमाडौं । नक्कली सुनको कारोबार गरेको अभियोगमा एक जना बनस्थलीबाट पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखालेको धादिङ रुबीभ्याली गाउँपालिका-१ तिपलिङ्ग घर भई हाल काठमाडौं टोखा नगरपालिका-३ बस्ने २२ बर्षीय ईमरान, पन्तलाल तामाङ भन्ने रबिन्द्र थापा तामाङलाई मंगलबार साँझ पक्राउ गरेको हो ।

पक्राउ परेका तामाङले विभिन्न ब्यक्तिहरुलाई फलाममा सुनको जलप लगाएको पाता दिई सक्कली सुनको सिक्री र पैसा लिई ठगी गरेको ‍सूचनाको अधारमा महाशाखाबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्दै जाँदा पक्राउ गरेको हो ।

तामाङ उपर थप अनुसन्धानका लागि महानगरीय प्रहरी परीसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।

प्रतिक्रिया