बिहीबार, वैशाख १३, २०८१

नयाँ वर्षको शुरुदेखि नेप्से उकालो

मेरोन्यूज २०७८ वैशाख २ गते १७:५२

काठमाडौं । गत वर्ष लगातार उकालो लागेको शेयर कारोबार मापक नेप्से नयाँ वर्ष २०७८ को पहिलो खरिदबिक्रिमा सुधार आएको छ ।

स्टक एक्सचेञ्जमा आबद्ध कम्पनीको शेयर कारोबार मापक बजार परिसुचक कारोबार भएको यो वर्षको पहिलो दिन आज बिहिबार २० दशमलब ६१ अंकले बढेको छ । ०७८ सालको पहिलो कारोबार भएपनि कारोबार हुने साताको अन्तिम दिन बिहिबार बजार परिसुचक अघिल्लो दिनको कारोबारभन्दा शुन्य दशमलब ७६ प्रतिशतले बढेर २ हजार ७ सय ३५ दशमलब ३९ बिन्दुमा पुगेको छ ।

शेयर बजारमा कूल २ सय १८ कम्पनीको ९५ हजार ७ सय ३७ कारोबारबाट ८ अर्ब ६३ करोड ६६ लाख ६८ हजार ६ सय ५९ रुपैयाँ बराबरका १ करोड ९० लाख २० हजार ५ सय २८ कित्ता शेयर किनबेच भएको हो ।

प्रतिक्रिया