शुक्रबार, वैशाख १४, २०८१

स्वास्थ्य मन्त्रालयले भन्यो १४ जिल्लामा भोलिदेखि स्कुल बन्द नगरे लकडाउन गर्नुपर्ने अवस्था आउँछ

मेरोन्यूज २०७८ वैशाख २ गते १७:४९

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल शुक्रबारदेखि नै बन्द गर्न आग्रह गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अति प्रभावित १४ जिल्लाका सहरी क्षेत्रका सबै स्कुल शुक्रबारदेखि नै बन्द नगरे लकडाउन गर्नु अवस्था आउने चेतावनी दिए ।

मन्त्रालयले बिहिबार काठमाडौं, ललितपुर लगायत अति प्रभावित १४ जिल्लाका विद्यालय बन्द गर्न आग्रह गरिएको उनले जानकारी दिए ।

प्रतिक्रिया