बिहीबार, वैशाख १३, २०८१

जसपा अध्यक्ष ठाकुर र प्रधानमन्त्री ओली बीच वार्ता

मेरोन्यूज २०७८ वैशाख २ गते १६:५८

काठमाडौं । प्रधानमत्री समेत रहेका नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा दुई पक्षको कार्यदलका सदस्यहरु समेत सहभागीमा वार्ता सुरु गरिएको हो ।

एमालेको कार्यदलमा संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु पौडेल र राजन भट्टराई छन् भने जसपाबाट सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण वार्तामा बस्दै आएका थिए। कार्यदलको बैठक साँझ ५ बजे फेरि बस्नेछ ।

प्रतिक्रिया