त्रिनगर नाकामा २२ सयको परीक्षण गर्दा १९६ जनामा कोभिड
मेरोन्यूज
२०७८ वैशाख २ गते १४:४८

कैलाली । कैलालीको त्रिनगर नाकामा पछिल्लो पाँच दिनमा नेपाल भित्रिएका १९६ जनामा कोभिड १९ भाइरस संक्रमण पुष्टि भएको छ ।
गत चैत २८ गते देखि त्रिनगर नाकामा गरिएको एन्टिजेन परीक्षण मा एक सय ९६ जनामा कोरोना पुष्टि भएको नाकामा स्थापना गरिएको हेल्थडेस्कका इञ्चार्ज दिनेश ठकुल्लाले जानकारी दिए ।
उनले भने, “उनीहरूमध्ये दुई हजार दुई सय एक जनाको परीक्षण गर्दा एक सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।”
सम्बन्धित
प्रतिक्रिया