शुक्रबार, वैशाख १४, २०८१

कोरोना संक्रमण फैलिएपछि दिल्लीमा कर्फ्यू

मेरोन्यूज २०७८ वैशाख २ गते १४:२७

एजेन्सी । कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले ‘विकेन्ड कर्फ्यू’ लगाउने घोषणा गरेको छ ।

विकेन्ड कर्फ्यू शुक्रबार राति १० बजेदेखि सोमबार बिहान ६ बजेसम्म लागू हुनेछ । ५ हप्तामा दिल्लीमा कोरोना संक्रमितको संख्या २५ गुणाले बढेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले यो निर्णय लिनुपरेकाे बिहीबारकाे पत्रकार सम्मेलनमा बताए ।

उनले दिल्लीमा कोरोनाको चौथो लहर अन्त्यन्तै गम्भीर देखिएका र लगातार संक्रमितको संख्या बढ्दै गएका कारण कडा निर्णय लिनुपर्ने अवस्था आएको बताए ।

नयाँ नियमअनुसार मल, जिम, स्पा, अडिटोरियम, बजार र निजी अफिस बन्द रहनेछन् । सिनेमा हल ३० प्रतिशत दर्शक राख्ने गरी खुला गरिनेछ । रेस्टुरेन्टमा बसेर खान पाइनेछैन, होम डेलिभरी भने गर्न पाइनेछ ।

प्रतिक्रिया