बिहीबार, वैशाख १३, २०८१

आरम्भ चौतारीले ८.८५ प्रतिशत लाभांश बाड्ने

मेरोन्यूज २०७८ वैशाख २ गते १३:५७

काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले ८ दशमलव ८५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । संस्थाको पाँचौ वार्षिक साधारण सभाले गत आव २०७६/ ०७७ सम्मको मुनाफाबाट प्रस्ताव गरिएको ८ दशमलव ८५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो ।


काभ्रेपलाञ्चोकको बनेपामा केन्द्रीय कार्यालय रहेको संस्थाको हाल कम्पनीको चुक्तापूँजी २६ करोड ३४ लाख ४८ हजार रुपैयाँ रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मण घिमिरेले जानकारी दिए ।

साधारण सभाले बनेपास्थित बिपिडब्लू लघुवित्त र बुुटवलस्थित देउराली लघुवित्त वित्तीय संस्थालाई शेयर आदानप्रदान अनुुपात १०० – ९५- ९५ हुने गरी प्राप्ति गर्ने प्रस्ताव पनि पारित गरेको छ । हाल उक्त कम्पनीको शेयर स्वामित्व अनुपात ६३ दशमलव ६५ प्रतिशत
(संस्थापक) र ३६ दशमलव ३५ प्रतिशत (सर्वसाधारण) रहेको छ ।

दुुबै संस्था प्राप्ती पश्चात आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नाममा शेयर स्वामित्व अनुपात ६८ दशमलव ३० प्रतिशत (संस्थापक) र ३१ दशमलव ३० प्रतिशत (सर्वसाधारण) रहने प्रस्तावसमेत पारित भएको घिमिरेले बताए ।


उनका अनुसार भविष्यमा थप कुनै लघुवित्त संस्था एक आपसमा गाभ्ने / गाभिने तथा प्राप्ति / समाहित गर्ने बिषयमा सञ्चालक समितिलाई अख्तियारी दिने निर्णय पनि साधारण सभाले गरेको छ ।

बुटवलमा केन्द्रीय कार्यालय रहेको चौतारी लघुवित्त र बनेपामा केन्द्रीय कार्यालय रहेको आरम्भ लघुवित्त मर्ज भएर आरम्भ चौतारी लघुवित्त वित्तिय संस्था बनेको हो । एकिकृत संस्थाले गत असार २२ देखि एकीकृत कारोबार सुरु गरेको थियो ।


नेपाल राष्ट्र बैंकले उनीहरुलाई एकिकृत कारोवार सुरु गर्न २०७६ सालको फागुन १८ गते अन्तिम स्वीकृति दिएको थियो ।

प्रतिक्रिया