शुक्रबार, वैशाख ७, २०८१

बाँकेमा कोरोनाबाट एकजना पुरुषको मृत्यु

मेरोन्यूज २०७८ वैशाख २ गते १३:३०

बाँके । बाँकेमा कोरोना भाइरस (कोभिड १९) संक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ ।

बाँके अस्पतालका कोरोना फोकल पर्सन तेज ओलीले बाँकेको खजुरा २ का ४२ वर्षीय पुरुषको उपचारको क्रममा गएराति मृत्य भएको जानकारी दिए ।

नेपालगञ्जस्थित मेडिकल कलेजमा बुधबार नै गरिएको पीसीआर परीक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टिभएसँगै अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा बुधबार राति मृत्यु भएको उनले बताए ।

योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५९ पुगेको उनले बताए ।

प्रतिक्रिया