बिहीबार, चैत १५, २०८०

सिंहदरबारभित्रै कर्मचारीको प्रर्दशन

मेरोन्यूज २०७८ वैशाख २ गते १२:४०

काठमाडौं । सिंहदरबारभित्रै सरकारी कर्मचारीले विराधे प्रर्दशन गरेका छन् । बिहिबार संघीय निजामती सेवा विधेयकका केही प्रावधान कर्मचारीको हित विपरित रहेको भन्दै निजामति कर्मचारी तर्फका नायव सुब्बा पदका कर्मचारीहरुले प्रर्दशन गरेका हुन् ।

विरोध प्रदर्शन सकिनै लाग्दा प्रहरीले हस्तक्षेप गरेको प्रदर्शनमा सहभागी एक कर्मचारीले बताए । प्रहरीले सिंहदरबार भित्रैबाट ४ जना कर्मचारीलाई समेत नियन्त्रणमा लिएको जनाइएको छ ।

माननीय ज्यू नासुको आँसु देख्नु भएन ?, गिरेको मनोबल कस्तो खोजेको प्रतिफल ? लगायतका नारा लेखिएको प्लेकार्ड बोकेर प्रर्दशन गरेका हुन् ।

राजपत्र अनंकित कर्मचारी संरक्षण अभियानको अगुवाइमा बिहीबार बिहान निजामति कर्मचारीहरुले सिंहदरबारमा विरोध प्रदर्शन गरेका हुन् । प्रस्तावित संघीय निजामति ऐनमा राखिएका कतिपय प्रावधानले कर्मचारीहरुको वृत्ति विकासमा असर पार्ने भन्दै कर्मचारीहरु विरोध प्रदर्शनमा उत्रिएका हुन् ।

Advertisement

प्रतिक्रिया