शुक्रबार, वैशाख ७, २०८१

नयाँ वर्षसँगै सुनचाँदी महंगो

मेरोन्यूज २०७८ वैशाख २ गते ११:५६

काठमाडौं । नयाँ वर्षसँगै सुनचाँदीको भाउ महँगो भएको छ । वैशाखको दोश्रो दिन आज सुन केही महँगिएको हो ।
सुनको मुल्य बिहिबार प्रतितोला ३ सय रुपैयाँले महंगो भई ८९ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

गत वर्षको अन्तिम दिन चैत्र ३१ गते प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदी प्रतितोला १ हजार २ सय ६० रुपैयाँ रहेकोमा बिहीबार प्रतितोला ३० रुपैयाँले बढेर १ हजार २ सय ९० रुपैयाँमा किनबेच भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रतिक्रिया