बुधबार, वैशाख १२, २०८१

सरकार ढल्ने भएपछि गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य

मेरोन्यूज २०७८ वैशाख २ गते ११:३२

काठमाडौं । सरकार ढल्ने भएपछि गण्डकी प्रदेश सभाको चालु अधिवेशन अन्त्य भएको छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार राति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

अधिवेशन अन्त्य भएको सूचना प्रदेश सभा सचिवालयमा पुगिसकेको छ । आजै मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी थियो ।

प्रतिक्रिया