शुक्रबार, वैशाख १४, २०८१

ओहोदाको प्रमाणपत्र प्रस्तुत

मेरोन्यूज २०७८ वैशाख २ गते ९:४३

काठमाडौं । दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत निर्मलकुमार विश्वकर्माले त्यहाँका राष्ट्रपति मातमेला सिरिल रामाफोसासमक्ष आफ्नो आहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

प्रिटोरियास्थित सेफाको मापोगो माकगाथो राष्ट्रपति अतिथिगृहमा बुधबार आयोजित विशेष समारोहमा राजदुत विश्वकर्माले ओहोदाको प्रमाणपत्र पेश गगरेका हुन् । सो क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारीका तर्फबाट राष्ट्रपति रामाफोसाको व्यक्तिगत सुस्वास्थ्य तथा दक्षिण अफ्रिकाका जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गरे ।

त्यस अवसरमा संक्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत विश्वकर्माले नेपाल र दक्षिण अफ्रिकाबीचको सम्बन्ध मैत्री, पारस्परिक विश्वास, सद्भाव, समझदारी एवं सहयोगमा आधारित रहेको बताए ।

राजदूत विश्वकर्मालाई स्वागत गर्दै राष्ट्रपति रामाफोसाले कार्यकाल सफलताको शुभकामना व्यक्त गरेको प्रिटोरियास्थित नेपाली दूतावासले आज जनाएको छ ।

प्रतिक्रिया