मंगलबार, वैशाख ११, २०८१

भारतको पश्चिम बङ्गालको निर्वाचनका लागि नेपालको पूर्वी नाका सिल

मेरोन्यूज २०७८ वैशाख २ गते ८:२१

झापा । भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि नेपालका पूर्वी नाका आज बिहान ६ बजेदेखि ७२ घण्टा सिल गरिएको छ ।

पश्चिम बङ्गालमा यही वैशाख ४ गते शनिबार हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए । उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।

प्रतिक्रिया