बिहीबार, वैशाख ६, २०८१

राशिअनुसार वर्ष २०७८ यस्तो रहने छ

ज्यो. दिवाकर पन्त २०७८ वैशाख २ गते ६:४१

काठमाडौं । वैदिक ज्योतिषमा १२ वटा राशि रहेका छन् । व्यक्तिको जन्म समयका आधारमा सक्रिय रहने नक्षत्रका आधारमा मानिसको नाम र राशि यकिन हुने गर्दछ भने यसका आधारमा मानिसहरु कुन राशिमा जन्मेका हुन सोही राशि रहने गर्दछ । त्यसैले नयाँ वर्ष आरम्भ हुँदै गर्दा राशि अनुसार नयाँ वर्ष कस्तो रहने छ ? भन्ने जिज्ञाशा हुनु स्वाभाविक नै हो । त्यसैले हामीले राशिअनुसार २०७८ सालको राशिफल निम्न प्रस्तुत गरेका छौँ ।

मेष
मेष राशिका लागि नयाँ वर्ष अर्थात २०७८ साल शुभ रहने छ । यस राशिका व्यक्तिहरुमा यस वर्ष आत्माबलले भरिएको हुने छ । नेतृत्वदायी खुवी र क्षमतामा वृद्धि हुने छ । पेशागत जीवनमा स्थिरता उत्पन्न हुने छ, मानसम्मान प्राप्त हुने छ भने आम्दानीका अवसरहरु विस्तार हुने छ । भाग्यको साथले गर्दा आम्दानीमा बृद्धि हुने छ भने जीवनमा राखिएका सपनाहरु यस वर्ष पूरा हुने दिशातर्फ अघि बढ्ने छ ।
यात्रामा बनाइएका योजनाहरु कमजोर पर्ने छन् । छालाजन्य समस्याले गाँज्ने खतरा रहेकाले सतर्क रहनु वाञ्छनीय हुने छ । तल्लो पेट तथा गुदद्धारसँग सम्बन्धी समस्याले पिरोल्ने संभावना रहन्छ । बाणिमा कडापन हुने भएकाले बन्न खोज्न लागेका काममा पनि अबरोध हुने भएकाले बोलीमा नरमपना ल्याउनु र विचार गर्दा यसबाट जोगि नसकिने छ ।

वृष
मनोबलमा व्यापक सुधार आउने छ । रिस निकै कडा बन्दै जाने भएकाले आफ्नो रिसलाई सीमामा राख्न यस राशिका व्यक्तिहरुले विशेष ख्याल गर्नु पर्ने छ ।
आम्दानीका क्षेत्र भने सोचे जस्तो हुने छैन । ठिक्क महत्वाकांक्षा र सपनासहित अघि बढेमा तनाव हुने छैन् ।
मुत्रनली र गुदद्धारसम्बन्धी विषयमा निकै ध्यान दिनु पर्ने छ । विदेश यात्रातर्फको सम्भावना फराकिलो बन्दै जाने छ । भाग्यका साथ रहनाले आँटेका कार्यक्रम र पेशा व्यवसायमा सफलता प्राप्त हुने छ । केही ढिला गरि भए पनि पदोन्नति हुने तथा पेशामा मुल्यांकन हुने छ ।
बोलीमा प्रभावकारी नहुँदा आम्दानीमा क्षेति हुने छ । विचार गर्नु होला ।

मिथुन
यस राशिका व्यक्तिहरुले नयाँ वर्षमा आम्दानीमा केही वृद्धि गर्ने छन् । सँगै खर्चमा पनि यस वर्ष बढोत्तरी हुन पुग्ने छ । खासगरी अस्पतालका खर्च जस्ता नचाहेर पनि गर्नु पर्ने बाध्यात्मक खर्चको अवस्था आइ पर्ने छ ।
पेशागत जीवनमा नसोचेका समस्याहरु उत्पन्न हुने छन् खासगरी अनावश्य विषयमा पनि तर्क वितर्क र बोलन खोज्दा काम बिग्रने छ ।
जीवनसाथिको साथले अघि बढेमा भाग्यको साथ हुने छ भने समस्यासँग जुध्ने उर्जा प्राप्त हुने छ र त्यसमा सफलता पनि प्राप्त हुने छ ।

कर्कट
विद्यामा त्यत्ति मन लाग्ने छैन् । अनुसन्धान, अन्तर्राष्ट्रिय सम्बन्ध तथा खोज जस्ता क्षेत्रका विषयमा अध्ययनरत विद्यार्थीहरुको हकमा भने सकारात्मक अध्ययनको गति प्राप्त हुने छ ।
पेशागत जीवनमा नेतृत्वदायि भुमिका तर्फ जिम्मेवारी प्राप्त हुने छ । धनधान्य र पुर्खाैली सम्पत्तिको उपयुक्त परिचालन गर्न सकेमा निकै उन्नति हुने तर्फ जाने छ ।
कर्मको मात्रा बढाए अनुसार भाग्यको साथ नरहनाले सोचे जस्तो प्राप्ति भने हुने छैन । निराश नभइ कर्मको मात्रालाई भने निरन्तर दिनु पर्ने छ ।
सन्तान सुखमा कमि आउने छ । आफ्नो भित्रि बुद्धि र इच्छाशक्तिका आधारमा आम्दानीमा भने वृद्धि हुने छ ।

सिंह
माथिल्लो पेट छाति तथा स्तनसम्बन्धि विषयमा संवेदनशिल बन्नु पर्ने छ । भाग्यको दरिलो साथ हुने भएकाले कर्म र पेशागत जीवनमा उन्नति हुने छ । मान सम्मान प्राप्त हुने छ ।
दाम्पत्य जीवनमा केहि शिथिलता आउन सक्ने भएकाले बादविवाद कम गर्नु उपयुक्त हुने छ । चलाखिपनमा कमि आउने भएकाले बाणिमा संयमता अपनाउँदा फाइदा हुने छ ।
वाणिमा प्रभावकारिता कम हुने भएकाले सोच विचार गरेर मात्र आफ्नो बोली प्रयोग गर्दा नोक्सानी कम गर्न सकिने छ । जीवनसाथिको सल्लाहलाई अपनाउँदै कार्य अघि बढाएमा सफलता प्राप्ति हुने छन् ।

कन्या
दाम्पत्य जीवनमा नसोचिएका समस्याहरु उत्पन्न हुने छन र तीनले तनाव उत्पन्न गराउने छन् । घर, घडेरी, गाडि जस्ता सम्पत्तिका बारेमा बादविवाद उत्पन्न हुने छन् भने यि विषयम नोक्सानको अवस्था निम्तिन पुग्ने छ ।
पढाई खासगरी विज्ञानमा आधारित पढाई तथा सामाजिक विज्ञान जस्ता क्षेत्रमा अध्ययनरत विद्यार्थीहरुले सफलता प्राप्त गर्ने छन् । आम्दानीको प्रयोग गलत ठाउँमा हुन पुग्ने भएकाले बडो सोच विचार गरि अघि बढ्नु होला । धन सम्पत्तिको नोक्सानीको चुनौति देखिएकाले सतर्कतासहित मात्र अघि बढ्दा जोखिमबाट बच्न सकिने छ ।

तुला
आफ्नो बोलीले बादविवादमा फसाइ दिने छ । शत्रु बृद्धि हुन जाने छन् भने चलिरहेका मुद्धा वा बादविवादमा आफु कमजोर हुने खतरा देखा परेको छ ।
घर, घडेरी तथा बाहन सुख भने प्राप्त हुने छ । जीवनसाथिको साथका कारण आम्दानीमा बढोत्तरी हुन पुग्ने छ । जीवनसाथिको नेतृत्वमा अघि बढेमा केही सफलता प्राप्त हुन जाने छ ।
अनुहार आँखा तथा दाँतमा चोटपटक लाग्ने खतरा रहेका कारण सतर्क रहनु होला ।
शरीरमा आलस्यता र कमजोरी उत्पन्न हुन जाने छ भने मनोबलमा गिरावट आउने छ ।

वृश्चिक
जीवन जगतप्रति हेर्ने अलि नकारात्मक दृष्टिकोण बढ्ने छ । मेहनत र पराक्रमी भावमा भने विकास हुने छ । अध्ययन अध्यापनमा मन लाग्ने छैन् । प्रतिष्पर्धात्मक क्षमतामा केही वृद्धि हुने भएकाले त्यसले केही आधार प्रदान गर्ने छ ।
आफ्नो धन सम्पत्ति र भित्रि बुद्धिका कारण केही सुखका क्षणहरु अवश्य प्राप्त हुने छन् । तल्ला पेट, गुदद्धार जस्ता विषयमा समस्या आउने भएकाले यस्ता विषयमा सतर्क रहँदा जोगिन सकिने छ ।
आफुलाई कहिले भाग्यले साथ दिएको त कहिले भाग्यको साथ नभएको जस्तो निरन्तर लागि रहने छ । शिरसँग सम्बन्धित विषयमा ध्यान पुर्‍याउनु होला ।

धनु
पारिवारिक जीवनमा मिठासपना उत्पन्न हुने छ । बोली अलि कडा खालको हुने भएकाले बोलीमा नरमपना ल्याउन सके आफन्तको मन समेत जित्न सकिने छ भने त्यसले उन्नतितर्फ लैजाने छ ।
छोटो छोटो यात्रा गरिरहनु पर्ने अवस्था आउने छ ।
छाति, स्तन, मुुटु सम्बन्धि विषयमा सतर्क रहनु पर्ने छ । इन्जिनियरिङ्ग, राजनीति शास्त्र, व्यवस्थापन विषय अध्ययनरत विद्यार्थीहरुले आफ्नो पढाइमा सफलता प्राप्त गर्ने छन् । अन्यको हकमा भने अध्ययनतर्फ केही आलस्यता आउने छ ।
प्रतिष्पर्धात्मक क्षमतामा व्यापक वृद्धि हुने छ ।

मकर
व्यक्तित्वमा निखारता आउने छ । बोल्ड व्यक्तित्व बन्ने छ । तर रिस भने अलि बढि नै उठ्न जाने छ । रिस नियन्त्रण गर्न सकेमा उन्नति हुने छ ।
आम्दानीमा वृद्धि हुने छ । विज्ञान प्रविधि तथा सूचना प्रविधिको क्षेत्रमा संलग्न भएकाहरुले निकै कमाई गर्न सक्षम हुने छन्, उनीहरुको आम्दानीमा वृद्धि हुने छ ।
मेहनत र पराक्रमी स्वाभावमा केही शिथिलता आउन जाने भएकाले यसबारेमा सोच विचार गरि केही ध्यान दिइ निरन्तर मेहनत गर्ने बानी बसाल्दा उपयुक्त हुने छ । आंशिक सुखका क्षणहरु प्राप्त हुने छन् । तर ती टिकाउपूर्ण नभइ क्षणिक हुन भने जाने छन् ।

कुम्भ
पारिवारिक जीवनमा तनाव आउने छ । राम्रै भन्न खोजेता पनि नाता, कुटुम्ब तथा परिवारका सदस्यहरुमा त्यसको नकारात्मक प्रभाव पर्न जाने छ । बोलीको प्रभावकारिता घट्न जाने भएकाले विचार पुर्याउँदा उपयुक्त हुने छ ।
ज्ञान भावको क्षेत्रमा भने वृद्धि हुने छ । घर, जग्गा सम्बन्धि क्षेत्रमा सक्रिय यस राशिका व्यक्तिहरु सफलता प्राप्त गर्ने छन् । धन सम्पत्ति र महत्वाकांक्षको उचित संयोजन गर्न सफलता मिल्ने भएकाले व्यक्तिको व्यक्तित्वमा निखारता आउने छ भने प्रभाव पनि बढ्न पुग्ने छ ।

मीन
निर्णय क्षमतामा अन्यौलता उत्पन्न हुन जाने छ । दुविधात्मक व्यक्तित्व बन्न जाने भएकाले निर्णय लिनु अघि केही समय लिएर निर्णय लिनु उपयुक्त हुने छ ।
आम्दानी सोचे जस्तो हुन नसके पनि आम्दानीमा भने केही बढोत्तरी भने हुन पुग्ने छ । मेहनत र पराक्रममा वृद्धि हुने छ ।
बोलीमा हुने कडापनका कारण पारिवारिक द्धन्द चर्किने खतरा रहेकाले पारिवारिक विषयलाई सुमधुरतासाथ सुल्झाउने विषयमा सोच्नु नै बुद्धिमानि हुने छ । धर्म संस्कृति प्रति कहिले विश्वास भएको जस्तो त तुरुन्तै विश्वास नभए जस्तो भइ रहने छ । पेशागत शिलशिलामा विदेश तर्फ जाने सोच आउने छ ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया