शुक्रबार, वैशाख १४, २०८१

प्यूठान दुर्घटनामा जिप्रका गुल्मीका प्रशासकीय अधिकृत न्याैपानेसहित ५ काे मृत्यु

मेरोन्यूज २०७८ वैशाख १ गते २२:३४

काठमाडाैं । प्यूठानमा बुधबार भएकाे सवारी दुर्घटनामा जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत श्याम न्याैपानेसहित ५ जनाकाे मृत्यु भएकाे छ । जिप्रका गुल्मीका कर्मचारी सवार जिप प्यूठानकाे स्वर्गद्वारी नगरपालिका-२, रूमाले भन्ने स्थानमा सडकदेखि करीब १५० मिटर तल खसी दुर्घटना भएकाे थियाे ।

मृत्यु हुनेमा जिप्रका गुल्मीका कम्प्युटर अपरेटर सूर्यप्रसाद पन्थी, खरिदार इश्वरी भण्डारी, खरिदार यमलाल पन्थी र चालक केशव कार्की रहेकाे गृह मन्त्रालयले जनाएकाे छ। उनीहरू स्वर्गद्धारी दर्शन गर्न गएका थिए । दुर्घटनामा परी ६ जना गम्भीर घाइते भएका छन् । घाइते हुनेमा सुनिता कँडेल, गीता बाेहरा (मुखिया), कमला पन्थी (ज्ञवाली), सार्थक ज्ञवाली, सञ्जिव परियार र मुना पाण्डे गम्भीर घाइते भएका छन् । उनीहरूलाई हेलिकाेप्टरमार्फत उद्धार गरी थप उपचारका लागि काठमाडाैं ल्याइएकाे गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए ।

जिपमा सवार अन्य ५ जना घाइतेलाई स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गरी डिस्चार्ज गरिएकाे बताइएकाे छ । गृह मन्त्रालयले घटनाका मृतकप्रति श्रद्धाञ्जली एवं मृतकका परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेकाे शीघ्र स्वास्थ्य लाभकाे कामना गरेकाे छ ।

प्रतिक्रिया